बैंक मिटरब्याजी जस्तै बनेको केपी ओलीको टिप्पणी

माघ १९ , गुल्मी ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरुमाथि गम्भीर आरोप लगाएका छन् । उनले बैंक मिटरब्याजी जस्तै बनेको टिप्पणी गरे ।

शुक्रबार बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको महाधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बैंकिङ क्षेत्रविरुद्ध भइरहेको आन्दोलन गलत भएको बताए ।

यस्तै , अध्यक्ष ओलीले वर्तमान सरकारलाई भ्रष्ट सरकारको संज्ञा दिएका छन् ।

बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति मासेको आरोप लगाए ।

रेडक्रम, गैरआवासीय नेपाली संघ लगायतमा सत्ता गठबन्धनले हस्तक्षेप गरेको भन्दै उनले सरकार र सत्तारुढ दलहरुको आलोचना गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *