निजिमा मात्रै गुणस्तरीय शिक्षा प्राप्तहुने भाष्यलाई छत्रकोटले अन्त्य गर्छ:अध्यक्ष पाण्डे

भुवन भुसाल, गुल्मी ।

छत्रकोट गाउँपालिका गुल्मीका अध्यक्ष राम प्रसाद पाण्डेयले राज्यले गरेको लगानी अनुरुपको मेहनत सबै क्षेत्रबाट भए शिक्षा क्षेत्र सुध्रने बताउनुभएको छ ।

गुल्मीको छत्रकोट गाउँपालिका ५ को आत्मबोध माध्यमिक बिद्यालयको ६५ औं वार्षिक उत्सब समारोहमा बोल्दै अध्यक्ष पाण्डेयले यस्तो बताउनुभएको हो ।

बिद्यालयले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिक उत्सव मनाएको हो ।

बिद्यालयका अध्यक्ष कमल पाण्डे (सरोज) को अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय रहनुभएको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै अध्यक्ष पाण्डेयले निजि बिद्यालयमा मात्रै गुणस्तरीय शिक्षा प्राप्त हुने भाष्यलाई छत्रकोटले नै अन्त्य गरिदिएको बताउनुभयो । सामुदायिक बिद्यालयले पनि निजि बिद्यालयको भन्दा उत्कृष्ट नतिजा ल्याईरहेकाले अब सामुदायिक बिद्यालय अझै अब्बल बन्दै गईरहेको बताउनुभयो ।

वहाँले राज्यले ठूलो लगानी गरिरहेको भएपनी अझै अपेक्षित नतिजा प्राप्त भने नभएकाले अझै बढी जिम्मेवार भएर सबै पक्ष लाग्नुपर्ने चिन्ता व्यक्त गर्नुभयो ।

बिद्यालयका अध्यक्ष कमल पाण्डेय सरोजले शैक्षिक गुणस्तर सुधारमा थुप्रै प्रयास भईरहेको बताउनुभयो ।

म धेरै बोल्दिन भन्दै संबोधन सुरु गर्नुभएका वहाँले भन्नुभयो “जुन दिन अपेक्षित नतिजा हाँसिल गर्न सक्छौं सोही दिन मात्रै अभिभावक, विद्यार्थी र शैक्षिक व्यक्तित्वका बीच भाषण गर्ने छु” ।

बिद्यालयमा साधारण र प्राविधिक तर्फ उत्कृष्ट अंक सहित उतिर्ण हुने विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई बधाई र धन्यवाद दिनुभयो ।कार्यक्रममा बिधालयका प्रधानाध्यापक बिष्णु प्रसाद ज्ञवालीले करिब ५ करोड बराबरको आयव्यय बिवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, वडा नं ५ का वडा अध्यक्ष राम प्रसाद कंडेल लगायत जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, व्यवस्थापन समितीका पुर्व अध्यक्षहरु, शिक्षाप्रेमी, अभिभावक, बिद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा बिधालयमा हरेक क्षेत्रबाट सहयोग गर्ने सहयोग दातालाई सम्मान समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *