रुरुक्षेत्र गुल्मीको स्वास्थ्य सेवा घरदैलोमा, पुष २० गते देखि स्वास्थ्य शिविर संचालन हुँदै

पौष १६ गुल्मी:

रुरुक्षेत्र गाउँपालिका गुल्मीमा पौष २० गते देखि एकीकृत घुम्ती स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

शिविर बिहान ११ बजेदेखी गाउँपालिकाका सबै वडामा संचालन हुने छ ।


रुरुक्षेत्र गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विभिन्न विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा जन-स्वास्थ्य अधिकृत छत्र बहादुर अधिकारीले जानकारी दिनुभयो ।

शिविरमा ल्याब सेवा सहित MBBS डाक्टरद्वारा बिरामी जाँच तथा निःशुल्क औषधी वितरण, विवाह भएको ३ वर्ष पुरा भई उमेरले ६० वर्ष ननाघेका महिलाहरुका लागि पाठेघरको मुखको क्यान्सर जाँच गर्ने (VIA CAMP), पाठेघर खस्ने समस्या भएका महिलाहरुको लागि Ring Pessary राख्ने, लामो जन्मान्तरका लागि इच्छुक महिलाहरुको लागि इम्प्लान्ट वा आई. यु.सि.डि. (Implant/IUCD) राख्ने लगायतका सेवा उपलब्ध हुनेछन् ।

गाउँपालिका भित्रका विभिन्न स्वास्थ्य शाखाहरुबाट पौष २० गतेदेखि २९ गते सम्म सेवा प्रदान गरिने भएकाले सम्बन्धित रोगका बिरामीले शिविरमा उपस्थित भई सेवा लिन सक्ने स्वास्थ्य शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

साथै यस सम्बन्धी सुचना तल उल्लेख छ::

Leave a Reply

Your email address will not be published. Required fields are marked *