मंसिर २४, गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरिएको छ।
१६ दिने अभियानको अन्तिम दिन आज गाउँपालिकाको सभाहलमा गाउँपालिका स्तरिय अन्तरकिर्या कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले लिंगको आधारमा हुने हरेक हिंसाको विरुद्ध छत्रकोट गाउँपालिका रहेको र हिंसामा परे तत्काल गाउँपालिकाको न्यायीक निकाय वा प्रहरीमा खबर गर्न आग्रह गर्नुभयो ।
प्रमुख अतिथी पुर्व गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले लैंगिक हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले हिंसा नगर्न, नसहन र गरेको देखे प्रतिकारमा उत्रन आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले प्रस्तुतिकरण राख्दै अभियानको ईतिहास, लैंगिक हिंसाको हालको अवस्थाको बारेमा बिस्तृत जानकारी राख्दै हिंसा अन्त्य गर्न चाल्नु पर्ने कदम र हिंसामा पर्दा लिने कानुनी उपचारको बारेमा जानकारी राख्नुभएको थियो । श्रब्य दृष्य सामाग्रीको प्रस्तुतीकरण गर्दै अधिकृत पुनले हिंसा नसहन सबैमा आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा जिल्ला बिकास समिति गुल्मीकी पुर्व सदस्य गंगा पन्थ, नेकपा एमाले छत्रकोटका सचीव यज्ञ पाण्डे, वडा अध्यक्षहरु नरेन्द्र बहादुर पल्ली, गुणाखर ज्ञवाली,नारायण रेश्मी, पुर्व वडा अध्यक्ष डिलाराम न्यौपाने, शिक्षा समिति सदस्य होमनाथ कंडेल, भुवन टण्डन लगायतको समेत सहभागीता थियो ।
यसै बिच गाउँपलिकाका सबै जनप्रतिनिधि, कर्मचारी तथा उपस्थित सबैले “म हिंसा सहन्न,आफू पनि गर्दिन र देखेमा प्रतिकार गर्छु” भन्ने नाराका साथ संकल्प हस्ताक्षर गरेका थिए।
कार्यक्रमको संचालन सीता थापा बुढाथोकीले गर्नुभएको थियो।