गुल्मी ग्वादी घटना प्रकरण: बालिकाकी आमाले यस्तो सुनाईन

भुवन भुसाल, मंसिर २२ गुल्मी।

यहीँ मंसिर १६ गते गुल्मीको रुरुक्षेत्र ३ ओखलढुंगा बाट मावलिघर जलुके रिमुवा जाँदै थिईन १४ बर्षिय निरमायां बि क ( नाम परिवर्तन गरिएको ) । रुरुक्षेत्र २ ग्वादिको झोलुङ्गे पुल कटेर केही पर पुगेपछी उनलाई त्यहाँ २ जना युवाले पछ्याए । बालिकाकि आमाको अनुसार उनी अझै पर पुगेपछी बाटोमा २ युवाले उनैलाई योजना बनाएर कुरिरहेका थिए । उनलाई देख्ने बित्तिकै अर्को १ जना समेत गरि ५ जनाले हात रसिले बाँधे, खुट्टा पनि बाँधे मुखमा टेप लगाईदिए र काँधमा बोकि अझै माथी सम्म लगे ।

केही पर लगेपछी उनको बस्त्र च्यात्ने र शरिरको माथिल्लो भागमा गिद्दले झैँ गिलोले । चिच्याउन खोज्दा उनको मुखमा लागेको टेप फुस्कियो र उनि जोडले चिच्याएपछी नजिकै बाख्रा चराउने मानिस आएको जस्तो मानी ती युवाहरुले “तैंले यो कुरा तेरो घरमा वा कसैलाई भनिस भने तेरो आमा र दिदिलाई मारिदिन्छौ भन्दै चक्कु देखाए ।”

बालिका त्यो घटनाले बिक्षिप्त बनिन तर कसैलाई बताउन सकिनन । बाल्य अवस्था काँचो दिमाग, डरलाग्दो घटनाबाट गुज्रिएको उनले बाँच्ने आशा सम्म नदेखेपछी अर्को दिन बिहानै मावली हजुरआमा संग रिचार्ज कार्ड किन्न जान्छु भन्दै घरबाट हिंडिन तर लामो समय सम्म फर्किनन । आमाले गरेको फोन सम्म उठाईनन । बिधालय जाने बेला सम्म घर नफर्केपछी परिवारले खोजिकार्य सुरु गर्यो । दिउँसो पख एक व्यक्तिले उनलाई खैरेनी बडिगाड खोला पुलमा भेट्याए । उनको बारेमा सोध्दा केही भनिनन रोईन र मलाई एक्लै छोडिदिनुहोस मात्रै भनिरहिन त्यस अगि उनले ती भनेका त्ति अभियुक्तले च्यातिदिएका कपडा खोलामा बगाएर सायद आफू पनि जिबनको आशा मारिसकेकी थिईन ।

उनलाई त्यस्तो अवस्थामा देखेपछी उनलाई प्रहरीकोमा बुझाईयो र खैरेनी प्रहरी चौकिमा महिला प्रहरी संग उनले आफुमाथी भएको घटना बारे बताएपछि यो घटना बाहिर आएको हो । ( बालिकाकी आमाले भनेको आधारमा )

घटना भएको आज ७ दिन बित्यो परिवारले एक जना व्यक्ति विरुद्ध किटानी जाहेरी दिएको छ तर कोहि पनि पक्राउ परेको छैनन् । घटना भएका बखत काठमाडौमा रहनुभएका रुरुक्षेत्र गाउँपालिका अध्यक्ष आज बिहान रेसुङ्गा बिमानस्थलमा ओर्लिएपछी सिधै जिल्ला प्रहरी प्रमुख नबिन किशोर प्रधानलाई भेटी हाल सम्मको अनुसन्धानअको जानकारी लीई छिटो अपराधी पत्ता लगाउन आग्रह गरी पिडितको घरमा पुगेर घटनाबारे बिस्तृतमा बुझ्नुभएको छ । वहाँले सोही ठाउँबाट प्रमुख जिल्ला अधिकारी,जिल्ला प्रहरी प्रमुख लगायतलाई फोन गरि अपराधी कुनैपनी हालतमा उम्कन नहुने भन्दै तत्काल गम्भीर रुपमा अनुसन्धान गरि कानुनी कठ्घरामा ल्याउन आग्रह गर्नुभयो । “अपराधीको कुनै जात, धर्म, भाषा, दल, उमेर, नाता हुँदैन कुनै पनि हालतमा अपराधी जो सुकै भएपनी कानुनको दायरामा आउनुपर्ने बताउँदै अनुसन्धानमा प्रहरीलाई सघाउन र पिडितलाई हर किसिमको सहयोग गर्न आफू र पालिका तयार रहेको बताउनुभयो ।

अध्यक्ष ज्ञवालीले पिडित बालिकालाई भेटी आफू अभिभावक भएको बताउँदै हर हालतमा ती अपराधी उम्कन नदिने र बालिकाको पढाईमा समेत असर नहुने गरि पठनपाठनको व्यवस्था मिलाउन आफू तयार रहेको बताउनु भयो । “तिमी मेरो आफ्नै बहिनी हौ, एक्लो महशुस गर्नु पर्दैन, तिम्रो लागि सिंगो समाज लड्न तयार छ” अध्यक्ष ज्ञवालीले भन्नुभयो । बालिकाको परिवारलाई समेत बालिकाको मस्तिष्कमा नकारात्मक असर परेको हुन सक्ने भएकाले मनोसामाजिक परामर्शको लागी अस्पताल लैजान पालिकाले आर्थिक सहयोग समेत गर्ने बाचा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *