मंसिर २१, गुल्मी।
सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेर एक लाख १८ हजार ६ सय रुपैयाँमा किनबेच भईरहेको छ। बुधवार सुनको मुल्य तोलामा एक लाख १८ हजार चार सय रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको भाउ भने २० रुपैयाँले घटेर एक हजार चार सय ६० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।