
सुदर्शन पन्थ, असार ३ गुल्मी।
गुल्मीको छत्रकोट गाउँपालिकामा मगर भाषा संरक्षणको लागि मगर भाषा सिकाइ केन्द्र स्थापना गरिने भएको छ ।
मंगलबार पालिकाको जारी २० औं अधिवेशनको पहिलो बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष रामप्रसाद पाण्डेयले मगर भाषा संरक्षणको लागि मगर भाषा सिकाइ केन्द्र स्थापना गर्ने बताउनु भएको हो ।
साथै छत्रकोटको आगामी नीति तथा कार्यक्रमको बुँदा नं । ९८ मा पालिका भित्र रहेका आदिवासी जनजातीहरुको भाषा संस्कृतिको सम्मान संरक्षण, संवर्द्धनको लागि आवश्यक कार्यक्रमहरु समेत सञ्चालन गरिने कुरा उल्लेख गरिएको छ।