
साबित्रा पौडेल, जेठ ३० गुल्मी ।
रुरुक्षेत्र गाउँपालिकामा गाउँसभाको १८ औं अधिवेशनको पहिलो बैठक आह्वान गरिएको छ ।
आज गाउँपालिका अध्यक्ष यदू ज्ञवालिले गाउँसभाको १८ औं अधिवेशनको पहिलो बैठक असार ६ गते शुक्रबारका लागी आह्वान गर्नुभएको हो ।
बैठक असार ६ गते दिउँसो १ बजे बस्ने छ ।
बैठकमा आर्थिक वर्ष २०८२/०८३ को निति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गाउँसभा सचिव लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
