पछिल्लो एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट २३१ नागरिकता जारी

सुदर्शन पन्थ, वैशाख २० गुल्मी ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले पछिल्लो एक हप्तामा सम्पादन गरेका कार्यहरुको विवरण सार्वजनिक गरेको छ ।


जिल्ला प्रशासन कार्यालय गुल्मीले बैशाख तेस्रो हप्तामा कार्यालयबाट सम्पादन भएका कार्यहरुको विवरण सार्वजनिक गरेको हो ।


जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार यो हप्ता २३१ नयाँ नागरिकता जारी गरिएको छ भने १४२ जनाले नागरिकताको प्रतिलिपि बनाएका छन् । यस्तै ४ जनाले नाबालक परिचयपत्र बनाएका छन् । १८३ जनाको राहदानीका लागि आवेदन संकलन गरिएको छ ।


सोही अवधिमा १७२ जनाको राहदानी वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार ४१२ वटा राष्ट्रिय परिचयपत्र वितरण गर्दा ४९५ जनाको राष्ट्रिय परिचयपत्रका लागि आवेदन संकलन गरिएको छ ।
दलित\जनजाति\पारिवारिक विवरण तथा अन्य प्रमाणित ४४ वटा गरिएको छ । बैशाख तेस्रो हप्ता जिल्ला प्रशासन कार्यालयमा ९ लाख ७३ हजार १ सय राजश्व संकलन भएको छ । जसमा सबैभन्दा धेरै राहदानीबाट ९ लाख ६७ हजार पाँच सय राजस्व संकलन भएको छ भने संस्था दर्ता तथा नविकरणबाट ५ हजार ६ सय राजस्व संकलन भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले साप्ताहिक रुपमा गरेका कार्यहरुको आम नागरिकलाई जानकारी गराउने उद्देश्यले पछिल्लो केही समय यता प्रत्येक हप्ताको अन्तिम दिन हप्ता भरी जिल्ला प्रशासन कार्यालयबाट हुँदै आएका कार्यहरुको विवरण सार्वजनिक सार्वजनिक गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *