छत्रकोट गाउँपालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ सम्पन्न

बैशाख १५ गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाइ गरेको छ।

सोमबार पालिकाको वडा नं. २ को वडा कार्यालयमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरीले अघिल्लो सार्वजनिक सुनुवाइमा उठेका जिज्ञासाको कार्यान्वयन अवस्था र पालिकाको वर्तमान अवस्था सहितको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो।

सुनुवाइको क्रममा कम्प्युटर शिक्षकको व्यवस्था गर्नुपर्ने, प्रविधिमा आधारित डिजिटल शिक्षा लागू गर्ने, शिक्षक बैंकको परिक्षा प्रणाली, मनोसामाजिक प्रामर्श, व्यवसाय कर्जा अनुदान कार्यक्रमलाई निरन्तरता दिनुपर्ने, उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई थप व्यवस्थित बनाउने, जनता बालबिकास केन्द्रको ग्राउण्ड वाल, शिक्षक आन्दोलन लगायतका विषयमा गुनासो उठेका थिए।

प्रमुख जवाफदेही वक्ताको रुपमा उठेका गुनासा तथा प्रश्नको पालिका अध्यक्ष राम प्रसाद पाण्डेय जवाफ दिनुभएको थियो। कार्यक्रममा म्पूर्ण छत्रकोट बासी नागरिकहरू,पालिका भित्रका जनप्रतिनिधि, कर्मचारी, सम्पुर्ण वडाका वडाध्यक्ष, राजनीतिक पार्टीका प्रतिनिधिहरु, नागरिक समाज, सहकारी तथा गैर-सरकारी संस्था, टोल विकास संस्था, शिक्षक, बुद्धिजीवी पेशा व्यवसायी, पत्रकार तथा सरोकारवाला लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण रेडियो श्रृङ्गेश्वर १०४.४ मेगाहर्जका सुदर्शन पन्थले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *