गुल्मीको रुरुक्षेत्रमा ऋण लिएर खेती गर्ने किसानलाई ब्याजमा ५०% अनुदान

साबित्रा पौडेल, चैत १ गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले कृषि ऋण लिएर खेती गर्ने किसानलाई ब्याजमा ५०% अनुदान दिने भएको छ ।

गाउँपालिकाले आज एक सूचना जारी गर्दै गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रम बमोजिम कृषि ऋण लिएर खेती गर्ने किसानलाई ब्याजमा ५० प्रतिशत अनुदान दिने जनाएको छ ।

कृषि ऋण लिएर खेती गर्ने किसानहरूले अनुदानको लागि वडा कार्यालयको सिफारिस, नागरिकता, जग्गाधनी लालपुर्जा, ऋण लिएको बैंकको प्रमाण, फर्म दर्ता तथा नवीकरणको प्रमाण र जग्गा भाडा लिएर खेती गरेको भए सम्झौता प्रमाणपत्रको प्रतिलिपि सहित १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

हेर्नुहोस् गाउँपालिकाद्वारा जारी सूचना:

Leave a Reply

Your email address will not be published. Required fields are marked *