

साबित्रा पौडेल, फागुन १२ गुल्मी ।
मगर स्थापना दिवसको अवसरमा गुल्मीको रेसुङ्गा नगरपालिकाले फागुन १५ गते सार्वजनिक विदा दिएको छ ।
नगरपालिकाले आज एक सूचना जारी गर्दै आम नगरवासीको सहभागितालाई सहज तथा प्रभावकारी बनाउन र कार्यक्रमलाई भव्य रुपमा सफल पार्न दिवसको अवसरमा सार्वजनिक विदा दिएको जनाएको छ ।
जस अन्तर्गत उक्त दिन रेसुङ्गा नगरपालिका नगरकार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरू, विद्यालयहरू, स्वास्थ्य संस्था लगायत नगरपालिका मातहतका सम्पूर्ण निकायहरु बन्द रहनेछन् ।

मगर समुदायको बाहुल्यता रहेको गुल्मीमा आफ्नो भाषा कला संस्कृति संरक्षणका लागि विविध कार्यक्रम गर्दै मगर दिवस मनाइँदैछ।
यता गुल्मीको छत्रकोट गाउँपालिकाले पनि दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ ।
मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झनामा प्रत्येक वर्ष फागुन १५ गते नेपाल मगर सङ्घको स्थापना दिवस मनाउने गरिन्छ ।
