

साबित्रा पौडेल, फागुन १२ गुल्मी।
अर्घाखाँचीको दुर्गाफाँटमा खुल्ला भजन प्रतियोगिता हुने भएको छ ।
परम्परागत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी पाणिनीमा धार्मिक पर्यटकहरु भित्र्याउने उद्देश्यले लायन्स क्लब अफ पाणिनी अर्घाखाँचीले प्रतियोगिताको आयोजना गरेको हो ।

खुल्ला भजन प्रतियोगिता महाशिवरात्रीको दिन यही फागुन १४ गते जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ३ दुर्गाफाँट दुर्वाशेश्वर गुफा प्राङ्गणमा हुनेछ।
प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु. ३३ हजार ३ सय ३३ रुपैयाँ प्रदान गरिने लायन्स क्लब अफ पाणिनीका अध्यक्ष अर्जुन पोख्रेलले जानकारी दिनुभयो ।
यस्तै द्वितीय हुने समूहलाई नगद रु २२ हजार २ सय २२ तृतीय हुने समूहलाई नगद रु ११ हजार १ सय ११ र सान्त्वना हुने समूहलाई नगद रु ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिनेछ।
