नेपाल मगर संघ ठूलोलुम्पेक गुल्मीले ४३ औं मगर एकता दिवस विविध कार्यक्रमका साथमा मनाउँदै

साबित्रा पौडेल, फागुन १० गुल्मी।

देशैभरका मगर समुदायले यही फागुन १५ गते बिहिबार ४३ औँ राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रमको आयोजना गरी मनाउँदै छन्।

२०३९ फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगरहरूले यो दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन्।

मगर समुदायको बाहुल्यता रहेको गुल्मीका विभिन्न स्थानमा पनि सांस्कृतिक झाँकी प्रदर्शन लगायत कार्यक्रमको आयोजना गरी मगर दिवस मनाइँदैछ।
नेपाल मगर सङ्घ समिति सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलोलुम्पेक गुल्मीले मगर एकता दिवस भव्यताका साथमा मनाउने भएको छ।

यही फागुन १५ गते ४३ औँ राष्ट्रिय मगर एकता स्थापना दिवसको अवसरमा नेपाल मगर सङ्घ समिति सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलोलुम्पेक गुल्मीले भानु आधारभूत विद्यालय सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलोलुम्पेक गुल्मीको प्राङ्गणमा विविध कार्यक्रम सहित दिवसको आयोजना गरेको हो।

मगरको इतिहास, भाषा, धर्म, कला, संस्कार, संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले मगर दिवसको अवसरमा विविध कार्यक्रमहरुको दिवसको आयोजना गरिएको आयोजकले जनाएको छ।

जस अन्तर्गत मगर खाना परिकार सहित मौलिक सोरठी, झ्याउरे, सालैजो, मगर नौमती, पन्चेबाजा तथा स्थानीय कलाकारहरूद्वारा विविध मौलिक सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *