रुरुक्षेत्र गाउँपालिकामा निःशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षा सुरु

साबित्रा पौडेल, फागुन ८ गुल्मी ।


गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा निःशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षा सुरु भएको छ।
सरकारी सेवामा युवालाई प्रेरित गर्न र बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्ने उद्देश्यले गाउँपालिकाले निःशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षा सुरु गरेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख तेजबहादुर कुमालले जानकारी दिनुभयो।


कक्षा सञ्चालन गर्नुअघि गाउँपालिकाले निवेदन आह्वान गरेको थियो। जसमा गाउँपालिकाका ७४ जना विद्यार्थीहरूले निवेदन दिएको गाउँपालिकाले जनाएको छ।।
जस अन्तर्गत निःशुल्क तयारी कक्षाका लागि लोकसेवातर्फ ६० जना र शिक्षक सेवा आयोगको तयारी गरिरहेका १४ जना विद्यार्थीहरू सहभागी भएका छन् ।


तयारी कक्षा शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीको अध्यक्षता रहेको थियो ।
शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले लोकसेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षाले सरकारी सेवामा युवालाई प्रेरित गर्न सहयोग पुराउने विश्वास व्यक्त गर्नुभयो ।


अध्यक्ष ज्ञवालीले कतिपय अवसरहरु आफ्नै अगाडि भएको र अवसरहरूलाई सही तरिकाले प्रयोग गर्न सकेमा सफल हुने कुरामा जोड दिनुभयो ।


कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँपालिकाभित्रका नागरिकलाई दक्ष नागरिक बनाइ रोजगारमा आबद्ध गराउने तथा सरकारी सेवामा प्रवेश गराउने उद्देश्यले निःशुल्क तयारी कक्षा सुरु गरेको बताउनुभयो।


सोही अनुरूप राम्रोसँग तयारी तथा अध्ययन गर्न विद्यार्थीहरुलाई उहाँले आग्रह समेत गर्नुभयो। तयारी कक्षाका लागि नाइस लोकसेवा सँग समन्वय गरेर सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिनुभयो ।


लोकसेवा आयोग तथा शिक्षक सेवा आयोगको निःशुल्क तयारी कक्षा अन्तर्गत गाउँपालिका भित्रका विद्यार्थीले अध्ययन गर्न पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *