नेपाल शिक्षक महासंघ छत्रकोटद्वारा पालिकामा ध्यानाकर्षण, शिक्षा ऐन जारीको माग

सुदर्शन पन्थ, फागुन ७ गुल्मी।


नेपाल शिक्षक महासंघ छत्रकोटले विभिन्न माग सहित छत्रकोट गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ। बुधबार विद्यालय शिक्षा ऐन जारीको माग सहित ध्यानाकर्षण गाराएको हो ।


विद्यालय शिक्षा ऐनमा समावेश गर्नुपर्ने सहित २२ बुँदे मागपत्र बुझाएको महासंघ छत्रकोटका सचीव नारायण प्रसाद ज्ञवालीले बताउनु भएको छ।


पत्रमा विद्यालय शिक्षा ऐन संसदीय प्रक्रियामा रहेकै बेला ऐनले सम्बोधन गर्नुपर्ने विषयमा आम शिक्षकको भावना विपरीत निवृतिभरण सम्बन्धि अध्यादेश जारी भएकोले यसले बालकक्षा शिक्षक, विद्यालय कर्मचारी र संस्थागत विद्यालयका शिक्षकको लागि उचित तलवमान, शिक्षकको ग्रेड मिलान, शिक्षक अस्पताल, शिक्षक सरुवा सम्बन्धि कार्यविधि खारेजी, मासिक तलब भुक्तानी जस्ता सामान्य काम समेत नगरिनुबाट सरकारको शिक्षा र शिक्षक विरोधी सोच प्रष्ट भएको उल्लेख छ।


तसर्थ आन्दोलनमा जानुको विकल्प नरहेको भन्दै पहिलो चरणका आन्दोलनका कार्यक्रम अगाडि बढाइएको अध्यक्ष पदमपाणि न्यौपानेले बताउनु भयो।


साथै महासंघले गर्ने आन्दोलन विद्यालय शिक्षा ऎन जारी नभएसम्म नरोकिने भन्दै आम नेपाली विद्यार्थी, शिक्षक र कर्मचारीको न्यायीक मागहरू सम्बोधन हुनेगरी शिक्षा ऎन जारी गराउने उद्देश्यका साथ अघि बढेको आन्दोलनलाई सहयोग र समर्थन गर्न सबै शिक्षासँग सरोकार राख्ने पक्षलाई अपिल समेत गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *