साबित्रा पौडेल, पुस ५ गुल्मी।
गुल्मीको रुरु क्षेत्र गाउँपालिका १ रिडिदेखि अर्घाखाँचीको बल्कोट सडकखण्ड पुस ७ गतेदेखि बन्द हुने भएको छ।
सडक खण्डको साँखरा भिरमा पहरो फोर्ने, सडक चौडा गर्ने, ग्रेड मिलाउने कार्यको लागि ७ गतेदेखि २५ गतेसम्म १९ दिन पूर्णरुपमा सडक बन्द रहने मदन भण्डारी राजमार्ग योजना कार्यालय तम्घास गुल्मीका निमित्त योजना प्रमुख हुमानाथ पौडेलले जानकारी दिनुभयो ।
सडक पूर्णरूपमा बन्द गरिने भएकाले वैकल्पिक सडकको प्रयोग गरी यात्रा गर्न मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले आग्रह गरेको छ।