साबित्रा पौडेल, पुष ५ गुल्मी ।
गुल्मीको चन्द्रकोट गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाको सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै नागरिकलाई नजिकको सरकारको प्रत्याभूति दिलाउने उद्देश्यले एकीकृत घुम्ती शिविरको आयोजना गरेको गाउँपालिकाले जनाएको छ ।
जस अन्तर्गत शिविर गाउँपालिकाको वडा नम्बर ८ को वडा कार्यालय भवन तुराङ्ग मजुवामा यही पौष ८ गते सञ्चालन गरिने गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले जानकारी दिनुभयो।
शिविरमा उपभोक्ता समितिका पदाधिकारीहरूको लागि अनुशिक्षण कार्यक्रम, योजना सम्झौता, जेष्ठ नागरिक परिचयपत्र वितरण कार्यक्रम, व्यवसाय दर्ता/ कृषि पशु फर्म दर्ता व्यवसाय नवीकरण, कृषि/ पशु फर्म नवीकरण, कृषि परामर्श, निःशुल्क गोबर परीक्षण/ रेबिज विरुद्ध कुकुरलाई लगाउने भ्याक्सिन/ पशु औषधि वितरण तथा परामर्श, मेडिकल अधिकृत सहितको स्वास्थ्य परीक्षण तथा औषधि वितरण लगायतका गाउँ कार्यपालिकाको कार्यालयबाट प्रदान हुने विभिन्न सेवाहरू प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पौडेलको भनाइ छ ।