साबित्रा पौडेल, मंसिर ५ गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिका ६ दौघामा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ ।
गाउँपालिकाका नागरिकहरुको सहजताको लागि एकीकृत घुम्ती शिविर मार्फत विविध सेवा प्रदान गर्ने उद्धेश्यले गाउँपालिकाको आयोजनामा आज वडा नं ६ दौघामा सम्पन्न शिविरमा २१ जनाले सेवा लिएका छन ।
जसमध्ये ८ जनाले अपाङ्गता परिचयपत्र तथा ३ वटा योजना सम्झौता गरिएको छ । यस्तै १० जनाले ज्येष्ठ नागरिक परिचयपत्र बनाएका छन ।
आज दौघाबाट सुरु भएको शिविर गाउँपालिकाका सबै वडामा सञ्चालन हुनेछ ।
जसान्तर्गत शिविरको दोस्रो दिन अर्थात भोली मानकोट तथा तेस्रो दिन मंसिर ७ गते हर्दिनेटामा शिविर सञ्चालन हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिक्रित वीर बहादुर पुनले बताउनुभयो ।
यस्तै चौथो दिन मंसिर ९ गते दिगाममा शिविर सञ्चालन हुनेछ भने पाचौँ दिन मंसिर ११ गते पल्लिकोटमा र छैटौँ दिन मंसिर १२ गते हुगाँमा शिविर सञ्चालन गरी शिविरको समापन गरिने गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालिले जानकारी दिनुभयो ।