छत्रकोटमा बालशिक्षा शिक्षकहरुलाई पुनर्ताजगी, मन्टेश्वरी तालिम प्रदान

कार्तिक १४, गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकामा बालशिक्षा शिक्षकहरुलाई ३ दिने पुनर्ताजगी, शैक्षिक सामाग्री निर्माण कार्यशाला एवम मन्टेश्वरी तालिम प्रदान गरिएको छ ।

गाउँपालिकाको सभाहलमा आइतबारदेखि सुरु भएको कार्यक्रम मंगलबार सम्पन्न गरिएको हो।

समापन समाहरोहमा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको सभाध्यक्षता रहेको थियो ।

समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले मन्तव्य राख्नुभएको थियो ।

सहभागीको तर्फबाट बाल शिक्षा शिक्षक विना कंडेलको मन्तव्य रहेको कार्यक्रममा प्रशिक्षक भगवती थापाको मन्तव्य रहेको थियो ।

समाहरोह मा सहभागी हरुलाई प्रमाणपत्र तथा प्रशिक्षकलाई प्रशंसा प्रत्र प्रदान गरिएको थियो
समापन समाहरोमा बोल्दै गा. पा. अध्यक्ष रामप्रसाद पाण्डेले मानव विकास तथा शिक्षाको आधारशीलाको रुपमा रहेको प्रारम्भिक बाल शिक्षा लाई गाउँपालिकाले प्राथमिकतामा राखेर ठूलो रकम लगानी गरेको बताउनुभएको थियो ।

साथै यो तालिम लगत्तै कक्षा कोठा व्यवहारिक रुपमा कार्यान्वयन गरि नमुना बालविकास केन्द्र बनाउने बालशिक्षा शिक्षकलाई पुरस्कृत समेत गरीने उहाँको भनाइ छ ।

कार्यक्रमको संचालन गाउँपालिकाका शिक्षा अधिकृत टिकाराम आचार्यले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *