गुल्मीमा डबल क्याप जीप दुर्घटना हुँदा २ जना घाइते

साबित्रा पौडेल, कार्तिक ९ गुल्मी ।
गुल्मीमा दुई वटा डबल क्याप जीप एकआपसमा ठोक्किएर सडकबाट तल खस्दा २ जना घाइते भएका छन् ।

जिल्लाको सत्यवती गाउँपालिका ७ जुनिया हिमन्ते नजिकै भार्से–खैरेनी सडक खण्डमा ग १ च ४६६७ नम्बरको डबल क्याप जीप र विपरीत दिशाबाट आउँदै गरेको लु १ च ५५९६ नम्बरको बोलेरो जीप एकआपसमा ठोकिएका थिए ।

डबल क्याप जीप एकआपसमा ठोक्किदाँ ग १ च ४६६७ नम्बरको डबल क्याप सडकबाट अन्दाजी १५ मिटर तल खसेको थियो।

घाइते हुनेमा सवारी चालक ४४ वर्षीय ओमबहादुर नेपाली र यात्रु ४५ वर्षीय रोमबहादुर बिक रहेका छन । घाइतेमध्ये नेपालीको दाहिने खुट्टा र बिकको दुइवटै खुट्टा र हात भाचिएको छ । घाइते उनीहरुलाई जोहाङ्ग प्रा. स्वा. केन्द्र खैरेनीमा सामान्य उपचारपछी पाल्पा रीफर गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *