दिगाम गुल्मीको अदुवा खेतिमा गानो औंसाको समस्या देखियो

भुवन भुसाल, साउन ३२ गुल्मी ।

गुल्मीको छत्रकोट गाउँपालिकाका किसानले लगाएको अदुवामा कुहिने समस्या देखिएको छ ।

अदुवाको बोट पहेंलो भएपछि किसानले प्राबिधिक गुहारेका हुन । किसानका बारीमा पुगेर नमुना संकलन गरि हेर्दा अदुवाको बोट पँहेलो र गानामा कीरा भेटिएको छ । अदुवामा गानो आंैसा र गानो कुहिने रोगको मिश्रण रहेको पाईएको राष्ट्रिय कफि अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख एवं बरिष्ठ बैज्ञानिक किट बिज्ञ जनार्जन गौतमले बताउनुभयो ।

बैज्ञानिक गौतमका अनुसार यो समस्या देश भर नै देखिएको र किसानले ढुसीको मात्र औषधी राख्दा नियन्त्रण हुन नसकेको हो । यसको रोगथाम गर्न ढुसि नासक र कीट नासक औषधी मिलाएर जरा भिज्नेगरी राख्नुपर्ने उहाँको सुझाव छ ।

किसानले समस्या सुनाएपछि छत्रकोट ४ का संस्थापक वडा अध्यक्ष डिलाराम न्यौपानेले नमुनाको रुपमा ४ घरले लगाएको अदुवा खेतीमा बिहिवार प्राविधिक पुर्याएर नमुना संकलन गराउनुभएको थियो ।

दिगाममा मात्र किसानले ५० क्विन्टल अदुवाको बिउ रोपेका न्यौपानेले बताउनुभयो । अनुगमनमा बैज्ञानिक गौतम, पुर्व वडा अध्यक्ष न्यौपाने, छत्रकोट गाउँपालिकाका कृषि प्राविधिक प्रदिप पन्थ लगायत पुग्नुभएको थियो । आज नै गाउँपालिकामा गएर किसानको बारीमा रहेको अदुवालाई औषधी माग गर्ने डिलाराम न्यौपानेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *