न्यु राईजिङ वीरबास युथ क्लबको आयोजनामा बृहत भलिबल तथा तीज गीत प्रतियोगिता हुँदै

साबित्रा पौडेल, श्रावण २८ गुल्मी ।
गुल्मीदरबार गाउँपालिका ४ वीरबास गुल्मीमा बृहत खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, खुला ३५ वर्षभन्दा माथिका पुरुष भलिबल प्रतियोगिता, खुला तीज गीत प्रतियोगिता लगायत विविध प्रतियोगिता हुने भएको छ ।

न्यु राईजिङ वीरबास युथ क्लबको छैठौं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारा सहित प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगिता न्यु राईजिङ वीरबास युथ क्लबको खेलमैदानमा हुनेछ।
खुल्ला साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु. ३५ हजार कप,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

यस्तै द्वितीय हुने समूहलाई नगद रु. २०,००० मेडल र प्रमाणपत्र, तृतीय हुने समूहलाई नगद रु. १० हजार मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने समूहलाई नगद रु. ५ हजार प्रदान गरिने खेल संयोजक अविनाश सोमरेले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट सेटर लाई नगद रु. १,००० तथा कप मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिताको लागि दर्ता शुल्क नगद रु. ३,००० लाग्नेछ।

३५ वर्षभन्दा माथिका पुरुष भलिबल प्रतियोगिताको लागि प्रथम पुरस्कार नगद १५ हजार कप मेडल र प्रमाणपत्र रहेको छ भने द्वितीय हुनेले नगद रु. ८,००० मेडल र प्रमाणपत्र पाउनेछन् ।

३५ वर्षभन्दा माथिका पुरुष भलिबल प्रतियोगिता को लागि दर्ता शुल्क नगद रु. १५०० लाग्नेछ।

खेल प्रचलित नियम टि.टी सिस्टम र नकआउट सिस्टमबाट खेलाइने र खेल खेल्दा खेलाडीहरू अनिवार्य जर्सीमा हुनुपर्ने छ ।
खेल यही साउन २९ गते बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।

तीज गीत प्रतियोगितामा प्रथम हुने समूहलाई नगद रु.८,००० प्रदान गरिने क्लबका अध्यक्ष कमल झेडीले जानकारी दिनुभयो।
यस्तै द्वितीय हुने समूहलाई नगद रु.५,००० र तृतीय हुने समूहलाई नगद रु. ३,००० प्रदान गरिने उहाँको भनाइ छ।

तीज गीत प्रतियोगितामा दर्ता शुल्क नलाग्ने उहाँले बताउनुभयो ।

प्रतियोगिता भदौ २ गते दिउँसो १२ बजेपछि सुरु हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *