साबित्रा पौडेल, साउन २४ गुल्मी।
गुल्मीमा बृहत पुरुष तथा महिला भलिवल प्रतियोगिता हुने भएको छ ।
सनराईज युवा क्लब छत्रकोट गाउँपालिका ३ नरम गुल्मीले आफ्नो पन्ध्रौँ वार्षिकोत्सवको अवसरमा पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता, खुल्ला भेट्रान्स भलिबल प्रतियोगिता, खुल्ला तीजगीत प्रतियोगिता लगायत विविध प्रतियोगिताको आयोजना गरेको हो ।
पुरुष भलिबल प्रतियोगिता प्रथम हुने समुहलाई नगद रु ३०,००० कप,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष खिम खासुले जानकारी दिनुभयो ।
यस्तै द्धितिय हुनेलाई नगद २०,००० कप,मेडल र प्रमाणपत्र तथा तृतीय हुनेलाई नगद १०,००० कप,मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँको भनाइ छ । प्रतियोगिताबाट बेस्ट स्पाइकर र उत्कृष्ट खेलाडीलाई एक एक थाना जर्सी प्रदान गरिने छ ।
महिला भलिबल प्रतियोगितामा प्रथम हुने समुहलाई पुरस्कार नगद रु १०,००० द्धितिय हुने समुहलाई नगद रु ७,००० र तृतीय हुने समुहलाई नगद रु ४,००० तथा साथमा कप,मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबले जनाएको छ ।
यस्तै भेट्रान्स भलिबल प्रतियोगितातर्फ प्रथम पुरस्कार नगद १२,००० कप मेडल र प्रमाणपत्र, द्धितिय पुरस्कार नगद ७,००० कप,मेडल र प्रमाणपत्र तथा तृतीय हुने समुहलाई नगद ४,००० कप,मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रमा संयोजक खिम नेपालीले जानकारी दिनुभयो ।
खेलाडी टिममा संयोजक सहित ८ जना हुनुपर्ने र खेल प्रचलित टिटी सिस्टमबाट खेलाईने आयोजकले जनाएको छ ।
भलिबल प्रतियोगिता आउदो भाद्र महिनाको ३ गतेबाट सुरु हुनेछ ।
जसमध्ये पुरुष भलिबल प्रतियोगिताको लागि दर्ता शुल्क नगद रु ३,०००, महिला भलिबल प्रतियोगिताको लागि रु १,००० र भेट्रान्स भलिबल प्रतियोगिताको लागि नगद रु १,२०० लाग्ने आयोजकले जनाएको छ ।
यसैबिच तीजगीत प्रतियोगितातर्फ एक समुहमा कम्तिमा १५ जना हुनुपर्ने तथा वाध्यवादनको व्यवस्था आँफै गर्नुपर्नेछ ।
तीजगीत प्रतियोगितामा प्रथम हुने समुहलाई नगद रु १०,००० र प्रमाणपत्र दिइने क्लबका कोषाध्यक्ष बिमल रेस्मीले जानकारी दिनुभयो । यस्तै द्धितिय हुने समुहलाई नगद रु ६,००० र प्रमाणपत्र तथा तृतीय हुने समुहलाई नगद रु ४,००० र प्रमाणपत्र प्रदान गरिने उहाँको भनाइ छ । तीजगीत प्रतियोगितामा उत्कृष्ट नृत्य पुरस्कार १ थान साडी र सहभागिता जनाउने सम्पूर्ण टिमलाई नगद १ हजार उपलब्ध गराइने तथा प्रतियोगितामा दर्ता शुल्क नलाग्ने क्लबले जनाएको छ ।