बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि राति नै देखि वर्षा भइरहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले बाग्मती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो पनि मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । दिउँसो कोशी र मधेस प्रदेशका एक–दुई ठाउँमा चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गएराति काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा ठूलो पानी परेको थियो ।
त्यस्तै पर्वतको कर्किनेटामा रहेको वर्षामापन केन्द्रमा ८० दशमलव २ मिलिमिटर पानी परेको छ । काठमाण्डौको कपन, सुन्दरीजल, नैकाप, पानीपोखरी र बबरमहलमा रहेका वर्षामापन केन्द्रमा ठूलो वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।