मंसिर १० गुल्मी।
मेडिकल व्यवसायी दुर्गा प्रसाईका तर्फबाट सर्बोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट फिर्ता भएको छ।
शुक्रबार सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नजरबन्द गरी मौलिक मानव अधिकार कुण्ठीत भएको भन्दै प्रसाईका तर्फबाट अधिवत्ता डाक्टर सुरेन्द्र भण्डारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
सरकारले प्रसाईलाई स्वतन्त्र रुपमा हिड्न दिईसकेको हुनाले उक्त्त रिट फिर्ता गरेको अधिवक्त्ता डा. भण्डारीले बताएका छन।