बाँदर आतंक नियन्त्रणमा सरकारले तत्काल कदम चाल्नुपर्नेमा सांसद डा. भण्डारीको जोड

झरना कंडेल, जेठ २१ काठमाडौ ।

सांसद डा. चन्द्र भण्डारीले बाँदर आतंक रोक्न के अब संसदमै ल्याएर बाँदर छोड्नुपर्ने हो भन्ने प्रश्न गर्नुभएको छ । प्रतिनिधि सभाको आईतबारको बैठकमा बोल्दै वहाँले यस्तो प्रश्न गर्नुभएको हो ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनुभएका भण्डारीले बाटोको धुलोको समस्या समाधान नगरेको भन्दै काठमाडौ महानगर प्रमुखले सडकको धुलो मन्त्रीलाई पठाए जस्तै किसानको बाँदर आतंक कम गर्न संसदमा बाँदर ल्याएर छोड्नुपर्ने हो भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ । काठमाडौ महानगर प्रमुख बालेन शाहले मन्त्रीलाई धुलो उपहार पठाएको प्रसंग उठाउँदै भन्नुभयो “लामो समयपछी पानी पर्यो, किसानले ढिला गरि छरेको मकै बल्ल टुसाएको छ, त्यैं पनि बाँदरले खान थाल्यो, सरकारले बाँदर नियन्त्रणको कामको दबाब दिन गाउँबाट किसानले बाँदर छोपेर संसद पठाउने गर्नुपर्ने हो र ?”

सांसद भण्डारीले निर्वाचित भएपछी पहिलोपटक संसदमा बोल्दै गर्दा बाँदर आतंक बढेको र नियन्त्रणमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताउनुभएको थियो । सरकारले कुरा नसुनेपछी वहाँले पुन: सरकारलाई दवाब दिन बाँदर नियन्त्रणमा तत्काल केही गर्न सुझाउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *