सरकारले दिवा खाजाको लागि रकम कटौती गर्दै आएको छ।
आज अर्थमन्त्री वर्षमान पुनले आव २०८१/८२ को बजेट प्रस्तुत गर्दै कक्षा-५ सम्मको लागि दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड मात्रै विनियोजन गरेको जानकारी दिनुभयो
गत वर्ष सरकारले ८ अर्ब ४५ करोड विनियोजन गरेको थियो। गत वर्षको तुलनामा ६ करोड घटेर आएको छ।
तर पनि उहाँले कर्णाली प्रदेशको लागि दिवा खाजा रकम वृद्धि गर्ने घोषणा गर्दै दिवा खाजाबाट ३० लाख बालबालिका लाभान्वित हुने उहाको भनाइ छ ।