साबित्रा पौडेल , चैत ३० गुल्मी ।
सरकारले सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको हो ।
बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको नेपाल सरकारकी प्रवक्ता एवं
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।
सुन्तला नेपालको रैथाने फलफूल हो । नेपालमा सुन्तला उत्पादनका केही प्रसिद्ध पकेट क्षेत्रहरू छन् । उत्पादन बढाउन सघाउ पुग्ने उद्देश्यले सुन्तललाई राष्ट्रिय फल घोषणा गरिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री शर्माले बताउन्भयो । सुन्तला गुल्मी , पाल्पा , अर्घाखाँची लगायतका जिल्लामा पनि प्रशस्त पाईन्छ ।
छत्रकोटको लुम्छा, श्रृङ्गा, धुर्कोट गाउँपालिकाको नयाँगाउँ, पिपलधारा, रेसुङ्गा नगरपालिकाको भाडगाउँ, अर्खले, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मी दरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, चन्द्रकोटको रेमी, मदानेको भनभने लगायतका क्षेत्र गुल्मीमा सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र मानिन्छन् ।
यस्तै पाल्पाको पालुङ्गमैनादी , अर्घाखाँचीको पोखराथोक , पणेना लगायतका स्थानमा समेत पर्याप्त मात्रामा पाईन्छ ।