मानवजाति तथा कुनै पनि वस्तुमा रहेको गुण नै धर्म हो: प्रदीप ज्ञवाली

साबित्रा पौडेल चैत २७ , गुल्मी ।

नेकपा एमालेका उपमहासचिव तथा पुर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मानवजाति तथा कुनै पनि वस्तुमा रहेको गुण नै धर्म भएको बताउनुभएको छ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिका -४ बलेटक्सार संगीतटोलमा सुरु भएको श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले मानवजाति तथा कुनै पनि वस्तुमा रहेको गुण नै धर्म भएको बताउनु भएको हो ।

उहाँले महायज्ञमार्फत विश्वमै शान्ति , सद्भाव छर्न तथा सहिष्णुता र सेवा भावको अभिवृद्धि एवं मानव कल्याण र सेवाको भावना जागृत गर्न महायज्ञले सहयोग पुग्ने बताउनुभयो ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका -४ बलेटक्सार संगीतटोलमा आजदेखी श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ सुरु भएको छ ।
आजदेखी सुरु भएको महायज्ञ २०८१ साल वैशाख ५ गतेसम्म चल्नेछ ।

महायज्ञमा प्रत्येक दिन बिहान साढे ७ बजेदेखि ११ बजेसम्म वेद पाठ , चण्डी पाठ , रुद्री पाठ , भागवत पाठ , हवन , मध्याह्न १२ बजेदेखि ४ बजेसम्म कथा वाचन , साँझ साढे ६ बजेदेखि महारथी भजन किर्तन , देवलीलासहित महात्मय कथा , बैशाख ६ गते पूर्ण आहुती , तिलक पाती , लक्ष्यबत्ती प्रज्वलन , यज्ञ समापन तथा गुरुहरुको बिदाई कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
सम्पुर्ण दिवङ्गत आत्माको बैकुण्ठबास तथा पितृ उद्धार एवं वैदिक सनातन धर्मको संरक्षण गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको स्वामी अर्जुन कृष्ण दासले बताउनुभयो ।

स्वामी अर्जुन कृष्ण दास गत ६ वर्ष देखि अध्यात्मिक ज्ञान हासिल गर्दै आउनुभएको छ ।

मुल आयोजक समितिका संयोजक थानप्रसाद श्रेष्ठ रहनुभएको छ । त्यस्तै सचिवालय सदस्यहरुमा फर्सुराम ज्ञवाली, कमल श्रेष्ठ, अन्जु कंडेल खत्री र जगन्नाथ ज्ञवाली रहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *