गुल्मीको रुरुक्षेत्रमा टोल विकास संस्थाका पदाधिकारीको लागी अनुशिक्षण कार्यक्रम सम्पन्न

चैत २६ , गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा टोल विकास संस्थाका पदाधिकारीहरुको लागी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाका सबै वडामा गठन भएका २१ वटा टोल विकास संस्थाका पदाधिकारीलाई अनुशिक्षण गरिएको थियो ।

कार्यक्रममा समुदाय प्रहरी सहकार्य , शान्ति सुरक्षा , सामाजिक सद्भाव , घरेलु हिंसा तथा आत्महत्या न्युनिकरणका उपायका बारेमा जानकारी गराइएको थियो ।

यस्तै विपद् व्यवस्थापन, आगलागि नियन्त्रण सम्बन्धि अभिमुखिकरण गराइएको थियो ।

टोल विकास संस्थाको काम, कर्तव्य र अधिकार , विकास निर्माण, सेवा प्रवाह, वातावरण संरक्षण लगायतका कार्यमा टोल विकास संस्थाको भूमिकाका बारेमा अनुशिक्षण गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले गाउँपालिकाको सहयोगी संस्थाको रूपमा टोल विकास संस्था परिचालन गर्ने नीति लिई समृद्ध र समुन्नत गाउँपालिका निर्माणको लागि टोल विकास संस्थालाई सृदृढीकरण गर्न आवश्यक बजेट व्यवस्थापन गरिएको हुँदा तोकिएको जिम्मेवारी सहित कार्य सम्पादन गर्न अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, प्रहरी निरिक्षक अनिल थापा, सशस्त्र प्रहरी बल नेपाल ३७ नं. गुल्म हे.क्वा. दुविचौरबाट सहायक प्रहरी निरिक्षक सहायक प्रहरी नायव निरीक्षक लगायतको उपस्थिति रहेको थियो

कार्यक्रमको सहजीकरण सामाजिक तथा आर्थिक विकास शाखा प्रमुख दामोदर ज्ञवालीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *