रेसुङ्गाको काखैमा रहेको सीताराम मन्दिरमा बैशाख ५ गते देखि  ११ गते सम्म महायज्ञ हुने

चैत्र १९,गुल्मी/सबित्रा पौडेल:

गुल्मीको भुवाने पार्कमा श्रीरामकथा , हनुनान चालीसा हवनात्मक अनुष्ठान राष्ट्र कल्याण महायज्ञ हुने भएको छ ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाको संगम स्थल भुवाने पार्क ( राम्चे डाँडा) मा अवस्थित सीताराम मन्दिरमा श्रीरामकथा , हनुमान चालीसा हवनात्मक अनुष्ठान राष्ट्र कल्याण सप्ताह ज्ञान महायज्ञ हुने भएको हो ।

मन्दिर व्यवस्थापन समितिको आयोजनामा २०८१ साल बैशाख ५ गतेदेखि महायज्ञ हुन लागेको हो ।

त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान श्रीरामको पदार्पण भएको पवित्रभूमि तथा ऋषि श्रीङ्गीले तपस्या गरेको पुण्य तीर्थस्थल संस्कृति र पर्यटनको आधार स्तम्भ प्राकृतिक सौन्दर्यले भरिपुर्ण सीताराम मन्दिरमा ऐतिहासिक मन्दिरको संरक्षण गर्ने उद्देश्यले महायज्ञ गर्न लागिएको मन्दिरका कल्पनाकार धार्मिक व्यक्तित्व सुब्बा बस्नेतले जानकारी दिनुभयो ।

महायज्ञमा नेपालकै कम उमेरकी वाचिका सुश्री उमा महेश्वरीले दिव्य रामकथा प्रवचन गर्नुहुनेछ ।

बैशाख ५ गते बिहान १० बजेदेखि १बजेसम्म शोभा/कलश यात्रा तथा १ बजे समुद्धाटन समारोह हुनेछ ।

प्रत्येक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म दिव्य रामकथा पाठपारायण तथा बिहान ११ बजेदेखि ४ बजेसम्म रामकथा एवं बेलुका ४:१४ मा राम आरती हुने आयोजकले जनाएको छ ।

यस्तै , प्रत्येक दिन साँझ ५ बजे स्थानीय स्तरको मनोरञ्जनात्मक भजन हुनेछ ।

महायज्ञ अवधिभर हनुमान चालीसा हवनात्मक अनुष्ठान सञ्चालन तथा रामकथामा आधारित दिव्य झाँकि प्रस्तुत हुने मन्दिरका कल्पनाकार धार्मिक व्यक्तितब बस्नेतले बताउनुभयो ।

बैशाख ११ गतेसम्म चल्ने महायज्ञमा लोककल्याण सेवा प्रतिष्ठान एवं रामजानकी बालिका आश्रम देवघाटधाम , चितवन सह आयोजकको रुपमा रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *