गुल्मीको श्रीङ्गामा सचेतनामुलक कार्यक्रमसहित विश्व मिर्गौला दिवस मनाईयो

चैत्र १, गुल्मी ।

विश्व मृगौला दिवस आज नेपालमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाइएको छ ।
प्रत्येक वर्ष मार्च महिनाको दोस्रो बिहिवार विश्वभर
मनाइने यो दिवस ‘मृर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मुल नाराका साथ मनाइएको छ ।

यसैबीच श्रिङ्गा प्राथमिक स्वास्थ्य केन्द्र छत्रकोट गाउँपालिका ४ श्रिङ्गामा सचेतनामुलक कार्यक्रम गरि यो दिवस मनाइएको छ ।
डाक्टर मनिष चौधरीको अध्यक्षता रहेको कार्यक्रममा स्थानीयहरुको उल्लेख्य सहभागीता रहेको थियोे ।

कार्यक्रममा डाक्टर चौधरीले मृगौला रोगको पहिचान तथा उपचार र रोकथामका उपायहरूबारे
प्रष्ट पार्नुभएको थियोे ।

कार्यक्रमको संचालन हेल्थ असिस्टेन्ट विनोद पन्थीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *