
फागुन २७ गुल्मी ।
गुल्मीको छत्रकोट गाउँपालिकाले आठौं स्थापना दिवस भव्यताका साथ मनाएको छ ।
स्थापना दिवसको अवसरमा गाउँपालिकाले आज गाउँपालिकाका ६ वटै वडाका नागरिकहरुको सहभागितामा पन्चेबाजा झाँकी, सोरठी, मारुनी, सरायँनाच, लाखे नाँच, भजनकिर्तत सहित छत्रकोट गाउँपालिका –३ को सरस्वती माध्यमिक विद्यालयको प्राङगणबाट र्याली सुरु गरी छत्रकोट देवालय परिसर पुगेर औपचारीक कार्यक्रम गरेको थियो ।
गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा उपप्रमुख सावित्रा ज्ञवालीको स्वागत मन्तव्य तथा प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले सञ्चालन गर्नुभएको थियो ।
औपचारिक कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष मुधुकृष्ण पन्त, पूर्व उपाध्यक्ष नर्मदा भण्डारी, वर्तमान तथा पूर्ववडाअध्यक्षहरु, नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी, जनमोर्चा, एकिकृत समाजवादी, र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा पालिकाले स्थापना दिवस भव्यताका साथ मनाएको हो ।
त्यस अवसरमा गाउँपालिका अध्यक्ष पाण्डेले सुशासन सहितको समृद्ध छत्रकोटको आधारः स्वास्थ्य, शिक्षा तथा उत्पादन सहितको रोजगारी र पूर्वाधार भन्ने गाउँपालिकाले तय गरेको नारालाई साकार पार्न आफूहरु लागि परेको बताउनुभएको थियो ।
स्थापना दिवसको अवसरमा गाउँपालिकाले रेडियो श्रीङेश्वर एफ एम १०४.४ मेगाहर्जका स्टेशन म्यानेजर ईश्वरी बस्याललाई सम्मान गरेको छ । रेडियो श्रीङेश्वर एफ एम १०४ .४ मेगाहर्जले गाउँपालिकाको स्थापना दिवस समारोहको सुचना र समाचार सम्प्रेषण गरी अतुलनिय योगदान गरेको भन्दै गाउँपालिकाले सम्मान गरेको हो ।
यस्तै देश दर्शन युटुब च्यानलका सञ्चालक तथा रेडियो श्रीङेश्वर एफ एमका कुशल कर्माचारी भुवन भुसाल लाई पनि सम्मान गरेको थियो ।
गाउँपालिकाले आज गाउँपालिकाभित्र जन्मिएर विभिन्न क्षेत्रबाट योगदान पु¥र्याउने, प्राज्ञिक व्यक्तित्व, खेलाडी, कलाकार र पत्रकारलाई सम्मान गरिएको थियो ।
गाउँपालिकाको आठौँ स्थापना दिवसको अवसरमा फागुन २७ गते आइतबार सार्वजनिक बिदा समेत दिएको थियो ।