अर्घाखाँचीको शितगंगामा मगर दिवसको अवसरमा सार्वजनिक बिदा

साबित्रा पौडेल , फागुन १४ गुल्मी ।

अर्घाखाँचीको शितगंगा नगरपालिकाले मगर दिवसको दिन भोली सार्वजनिक बिदा दिने भएको छ ।

आज (सोमबार) बसेको नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार नगरपालिकाले यहीँ फागुन १५ गते ४२ औं मगर एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिने भएको हो ।

देशकै ठुलो नगरपालिका शितगंगा नगरपालिकामा मगर समुदायको बाहुल्यता रहेको मगर समुदायले फागुन १५ गतेलाई उत्सवको रुपमा मनाउने भएकाले सार्वजनिक विदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताउनुभयो ।

सार्वजनिक बिदाका दिन नगरपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *