साबित्रा पौडेल , फागुन १३ गुल्मी ।
गुल्मीको गुल्मीदरबार गाउँपालिकाले ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ । दिवसको अवसरमा गुल्मीदरबार गाउँपालिकाले फागुन १५ गते एक दिन सार्वजनिक विदा दिएको हो ।
गाउँपालिकाले आज (आइतबार) सुचना जारी गर्दै विदाको घोषणा गरेको हो । गुल्मी जिल्ला संगै गुल्मीदरबार गाउँपालिकामा मगर समुदायको बाहुल्यता रहेको र मगर समुदायले फागुन १५ गतेलाई उत्सवको रुपमा मनाउने भएकाले सार्वजनिक विदा दिइएको गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले बताउनुभयो ।
गाउँ कार्यपालिकाको आज बसेको बैठकले मगर दिवसको दिन विदा दिने निर्णय गरेको हो ।