फागुन ९, गुल्मी ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नामिबियाले नेपाललाई ३ विकेटले हरायो । नेपालले दिएको १ सय ६९ रनको सामान्य लक्ष्य नामिबियाले १० ओभर बाँकी छँदै ८ विकेट गुमाएर भेटायो ।
यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर एक बलमा अल आउट हुँदै एक सय ६८ रन बनायो।
यसअघि भएको पहिलो खेलमा पनि नामिबियाले नेपाललाई चार विकेटले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । आजको हारसँगै नेपाल तीन खेलमा २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा झरेको छ । यो शृङखलाको अन्तिम खेल नेपालले नेदरल्याण्ड्ससँग आउँदो आइतवार खेल्नेछ ।