लुम्बिनी प्रदेश सरकारले द्वन्दका घाइतेहरुलाई उपचार गर्दै

माघ २३, ।

लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्दका घाइते तथा अपाङ्ग भएका ब्यक्तीहरुको उपचार सुरु गरेको छ ।

प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीका अनुसार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसंग समन्वय भएको छ ।

सशस्त्र द्वन्दका क्रममा घाईत तथा अपाङ्ग भएकाहरुको उपचार सम्बन्धि कार्यविधि २०८० तयार गरि उपचारको प्रक्रिया अघि बढाईएको उनको भनाई छ । घाईते तथा अपाङ्गता भएका ब्यक्तीहरुले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, दुई प्रति फोटो, जिल्ला प्रशासन कार्यालयको सिफारिश ल्याएमा उपचार गर्न पाईने उनले बताए ।

घाइते तथा अपाङ्गता भएका ब्यक्तीको उपचारकालागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८०÷०८१ कालागि ५० लाख बजेट बिनियोजन गरेको थियो । परिबर्तनका लागि भएको जनयुद्ध तथा बिभिन्न आन्दोलनमा घाईते भएकाहरु आर्थिक अबस्था कम्जोर भएकै कारण उपचारबाट बञ्चित हुनु परेको भन्दै त्यसलाई मध्येनजर गरि यो कार्यक्रम सुरु गरिएको प्रदेश अर्थमन्त्री धनबहादुर मास्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *