रिडिमा लाग्ने माघे संक्रान्ति मेलाको सम्पूर्ण तयारी पुरा

पौष २९,गुल्मी ।

गुल्मी पाल्पा र स्याङ्जाको संगमस्थल रुरु क्षेत्र रिडिमा लाग्ने माघे संक्रान्ति मेलाको सम्पूर्ण तयारी पुरा

भएको छ ।

धार्मिक र साँस्कृतिक रुरुधामलाई धार्मिक पर्यटनसँग जोड्न परम्परागत रूपमा चल्दै आएको माघे सक्रान्ति मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । रिडीको गुल्मीतर्फको भागमा रुरु फ्रेण्ड्स क्लब र एफसी क्लब रिडी बजारको संयुक्त आयोजनामा साँस्कृतिक कार्यक्रमसहित, बालउधान, कृषिमेला प्रदर्शनी हस्तकलाका सामानको प्रदर्शनीसहित मेलाको भव्य तयारी गरिएको रुरु फ्रेण्ड्स क्लबका अध्यक्ष शोभित थापाले बताउनुभयाे ।

तीन जिल्लाको संगममा स्नान गरि भगवान हृषीकेशको दर्शन गर्नाले देब ऋण, पित्री ऋण र ऋषि ऋण बाट मुक्त भैइने हुनाले रुरु धाममा भक्तजनहरु आइ स्नान गरि दर्शन गर्दछन । नेपालकै चारधाम मध्येको एकधामको रुपमा प्रसिद्ध रुरु क्षेत्र धाममा मेलाका लागि स्नान गर्न तथा मेला हेर्नका लागि स्वदेश तथा विदेशका भक्तजनहरुको भीड लाग्ने गर्दछ ।

यो वर्ष मेला भर्न आउने दर्शनार्थीको भीड बढ्न सक्ने अनुमान आयोजकले गरेका छन्

रिडीमा तीनमुखे पुल निर्माण सम्पन्न भएपछिको मेलाको आकर्षण अझै बढ्ने अनुमान गरिएको छ । अनादिकालदेखि रिडीमा लाग्ने माघे सक्रान्ति मेलामा विगतमा कोभिडका कारण खासै रौनकता देखिएको थिएन तर, यो वर्ष माघे सक्रान्ति मेलामा दर्शनार्थीको राम्रै आगमन हुने देखिएको रुरु फ्रेण्ड्स क्लब रिडीका सचिव प्रेम प्रसाद भण्डारी बताउँनुहुन्छ ।

मेलामा राष्ट्रिय कलाकारहरु प्रकाश दुतराज, रचना रिमाल,खेम सेन्चुरी, कुशल बेल्बासे, विशाल रायमाझी, शिलु भट्टराई,हरिमाया रायमाझी,नारायण वि.पि परियार,बसन्त लम्साल, निर्मला थापा मगर, पवन परियार, मन्जु भण्डारी,लालु माया कुवर, बिष्णु सिंजाली, बिष्णु सिर्पाली यस्तै हास्य कलाकारहरु उज्ज्वल गिरी, विष्णुजी पाण्डे माइला बा, कमल वमदेव, विजय वमदेव, पुर्सोत्तम भण्डारी पुर्खे बा,सुमित भट्टराई लगायत दर्जनौ कलाकार सँगै बबिता डान्स ग्रुप बुटवल एवं स्थानीय कलाकारहरुको दमदार प्रस्तुती रहनेछ ।

सांस्कृतिक कार्यक्रमको सन्चालन लक्ष्मण खड्काले गर्ने छन ।

जेठी,माइली र कान्छी संक्रान्तिका रुपमा मनाइने मेला यस वर्ष ६ दिनसम्म चल्नेछ । मेलाको लागी रिडी बगरमा गुल्मी, पाल्पा र स्याङ्गजा अस्थायी पसलहरु साथै रुपन्देही, कपिलवस्तु ,दाङ्ग, नवलपरासी, अर्घाखाँची, बाग्लुङ्ग,प्युठान,पर्वत, रोल्पा,रुकुम, हुम्ला ,जुम्ला लगाएतका स्थानबाट विभिन्न स्थानीय उत्पादन लिएर व्यापार गर्न आउने गर्दछन ।

मेलामा काम्लो, राडीपाखी,ओखर, घाँजी, जडीबुटी, नाङ्गलो, बाँस बाट बनेका हस्त सामाग्री, न्यानो कपडा , टिमुर , सुन्तला खुदो, गुण ,अचार, सिद्रा लगायतका सामग्री बिक्रीका लागि राखिन्छ ।

साथै माघ संक्रान्तिको अवसरमा कालिगण्डकी नदिमा गंगा आरती (गन्डकी आरती) पनी हुने भएको छ ।

रुरु क्षेत्र गाउँपालिकाको कार्यलय संरक्षक रहने मेलामा रुरु क्षेत्र १ को कार्यलय,रुरु टोल बिकास संस्था , उद्योग बाणिज्य संघ शाखा कार्यलय रिडि, सप्त चण्डी महिला समूह, चेतनशील महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था , कालिका आमा समूह, भैलेनी आइन आगन साँझ , ब्याडमिन्टन क्लब, रुरु क्षेत्र गण्डकी आरती संचालन तथा व्यवस्थापन समिति, जनजागृती आमा समुह र जनसेवा आमा समुह सहयोगी संस्थाहरुका रुपमा रहने छ्न ।

यसैबिच, माघे संक्रान्ती मेलाको अवसर पारी गुल्मीको रुरुक्षेत्र गाउँपालिका रिडिमा जिल्ला स्तरिय कृषि मेला प्रदर्शनी आजबाट सुरु भएको छ ।

रुरुक्षेत्र गाउँपालिका ,छत्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका र कृषि ज्ञान केन्द्र गुल्मीको आयोजना तथा प्रधानमन्त्री कृषि आयोजनाको सहआयोजनामा कृषि प्रदर्शनी मेला आजबाट सुरु भएको हो ।

आज देखि सुरु भएको कृषि प्रदर्शनी मेला माघ ३ गतेसम्म संचालन हुने छ ।

त्यसो त पाल्पा क्षेत्रमा पनि मेलाको तयारी छ भने स्याङ्जा क्षेत्रमा भलिबल प्रतियोगितासहितको मेला लाग्ने भएकाले यो वर्ष गुल्मी स्याङ्जा र पाल्पामा लाग्ने विविध मनोरन्जनसहितको अवलोकन गर्न रुरुधाममा निर्माण सम्पन्न भएको तीनमुखे पुलले विशेष महत्व राख्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *