पुष २६ गुल्मी ।
नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले बलात्कार सम्बन्धित कानूनी अवस्थाबारे प्रश्न उठाएका छन् । उनले बलात्कार कुन अवस्थालाई मान्ने भन्ने सम्बन्धमा कानूनी आवश्यकता भएको बताएका छन् ।
सामाजिक सञ्जालमा भण्डारीले लेखेका छन्, ‘कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार ? बलात्कार भनेको के हो ? अनि प्रेम के हो ? प्रेम बलात्कारमा परिणत हुन्छ कि हुँदैन ? परिभाषाको अवस्था ।’
उनको स्ट्याटसमा धेरैले सन्दीपमाथिको फैसलालाई जोडेर प्रतिक्रिया जनाएका छन् । बलात्कार सम्बन्धी कानून नै त्रुटिपूर्ण रहेको तथा सन्दीपमाथि गरिएको फैसला पनि एकपक्षीय रहेको अधिकांशको टिप्पणी छ । भण्डारी गुल्मीका जननिर्वाचित सांसद हुन् ।