इस्वरी बश्याल/गुल्मी
नेपाल राष्ट्रिय बचत तथा ॠण सहकारी संस्था लिमिटेड रुरुक्षेत्र गाउँपालिका ५ गुल्मीको २३ औं साधारण सभा सम्पन्न भएको छ ।
शनिबार एक कार्यक्रमका बिच सहकारीको साधारण सभा सम्पन्न भएको हो।
कार्यक्रममा सहकारीका अध्यक्ष तोयनारायण ज्ञवालीले आर्थिक बर्ष २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।
सहकारी गत बर्षको तुलनामा झन्डै ३ गुणा नाफामा पुगेको छ । आर्थिक बर्ष २०७८/०७९मा दस लाख ६३ हजार ३ सय ४६ रुपैयाँ नाफामा पुगेको सहकारी आर्थिक बर्ष २०७९/०८० मा ४१ लाख ६ हजार ३ सय ८ रुपैयाँ नाफामा पुगेको सहकारीका अध्यक्ष ज्ञवालीले बताउनुभयो ।
यस्तै आव २०७९/०८० मा १० प्रतिशत लाभांश वितरण गरेको सहकारीले यस बर्ष १७.२५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सभामा आर्थिक बर्ष २०७९/०८० को आयव्यय समेत सार्वजनिक गरिएको थियो ।
सहकारीका अध्यक्ष ज्ञवालीले समयको पुर्णपालना गर्दै शेयर सदस्यहरुमा नयाँ बिश्वास जगाउन आफुहरु सफल भएको र सहकारी नै समाजवादको पहिलो चरण भएको तथा झोले सहकारीमा जोखिम हुने तर संस्थागत रुपमा विकास भएको सहकारीमा कहिलेकाही समस्या आईपरेपनि जोखिम न्यून हुने बताउनुभयो ।
सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक सुमन बरालले आर्थिक प्रतिवेदन तथा कोषाध्यक्ष कृष्ण प्रसाद पौडेलले आर्थिक बर्ष २०८०/०८१ को निम्ति १६ करोडको आर्थिक बजेट प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभामा रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सहकारी संस्था सबै नागरिकको साझा संस्था भएको बताउनुभयो ।
उहाँले सहकारी संस्थामा सबै नागरिकको हक हुने र सेयर धनीहरुले आफुसँग भएको पैसा संस्थामा बचत गर्ने र आफुलाई आवश्यक परेको बेला निकाल्न साथै विभिन्न उद्द्यमशीलताका कार्य गर्न सकिने बताउनुभयो ।
पालिकाको तर्फबाट योजना निर्माण गरि अगाडि बढन सकिने र यसमा पुँजी वृद्धि गरेर सहकारीलाई भरपर्दो केन्द्रको , बैङ्कीङ तथा वित्तीय कारोबार गर्ने संस्थाको रुपमा लैजान सकियो भने अगाडी बढन सकिने बताउनुभयो ।
साथै सहकारीले see तथा कक्षा १२ को बार्षिक परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी एवं ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ।
गाउँपालिकाका अध्यक्ष ज्ञवालीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम, वडा नं ३ का वडा अध्यक्ष शेषनारायण पौड्याल,वडा नं ४ का वडा अध्यक्ष मोती प्रसाद श्रेष्ठ ले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष नारायण प्रसाद पौडेलले स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संस्थाका सचीव ईश्वरी प्रसाद ज्ञवालीले गर्नुभएको थियो ।
स्मरण रहोस् :
सहकारी बिगत ४ बर्ष अघि रकम हिनामिना तथा अपचलन भएको भन्ने संकटपुर्ण अवस्थामा पनि निरन्तर रुपमा कारोबार गरी विश्वास आर्जन गर्न सफल भएको छ ।