पौष १४ गुल्मी ।
रुरु क्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले सहकारी संस्था सबै नागरिकको साझा संस्था भएको बताउनुभयो ।
आज रुरुक्षेत्र गाउँपालिकाको नेपाल राष्ट्रिय सहकारी संस्थाको साधारण सभालाई सम्बोधन गर्दै सहकारी संस्थामा सबै नागरिकको हक हुने र सेयर धनीहरुले आफुसँग भएको पैसा संस्थामा बचत गर्ने र आफुलाइ आवश्यक परेको बेला निकाल्न साथै विभिन्न उद्द्यमशीलताका कार्य गर्न सकिने बताउनुभयो ।
ज्ञवालीले यस सहकारीको बिकासको लागि पालिकाले सहकारीसँग समन्वय गरि आगामी दिनमा अगाडि बढ्न सक्ने उल्लेख गर्नुभयो ।
साथै वहाँले यस सहकारीमा रुरु क्षेत्रका वडा नम्बर ३,४र ५ का नागरिकको प्रतिनिधित्व रहेको बताउदै रुरु क्षेत्र गाउँपालिका तथा अन्य पालिकाका अधिकांश जनताको सेयर स्वामित्व रहेको र त्यस कारणले सहकारीको समग्र रूपमा व्यवस्थापन गरि यसको क्षेत्र व्यापक र विश्वसनीय गराउनुपर्ने बताउनुभयो ।
पालिकाको तर्फबाट योजना निर्माण गरि अगाडि बढन सकिने र यसमा पुजी वृद्धि गरेर सहकारीलाई भरपर्दो केन्द्रको , बैङ्कीङ तथा वित्तीय कारोबार गर्ने संस्थाको रुपमा लैजान सकियो भने अगाडी बढन सकिने बताउनुभयो ।
सहाकारीलाई राज्यले तीन खम्बा मध्ये एक खम्बाको रुपमा सरकारले हेरेको र सरकारको ठुलो पुजी( १० खर्ब भन्दा बढी ) सहकारीमा रहेको बताउदै यो पुजीलाई जनतालाई उधेमी बनाउने, कृषि प्रदान देशलाई व्यवस्थीत गर्न ,साना उद्योग देखि लिएर हरेक कुरामा यस पुजीलाई परिचालन गर्न सकिएन भने देश अगाडी जान नसक्ने बताउनुभयो ।
यस्तै ॠणीले ॠण लिदै गर्दा त्यो ॠणको सहि सदुपयोग हुनु जरुरी रहेको उल्लेख गर्दै ॠण खोजेर भड्किला कार्यक्रम नगर्नको निम्ति सहकारीले विभिन्न खाले सचेतनामुलक कार्यक्रम गरि सेयर दात्ताहरुलाई पुजीको सही सदुपयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
पालिकाको सहकारी संस्थाले गर्ने कार्यमा सधै साथ सहयोग रहने र सहकार्य गरेर अगाडि बढन कुनै कन्जुस्याइँ नगर्ने बताउभयो ।