कोरिया जान पाऊँ भन्दा मर्नुपर्ने देश : नेता भण्डारी

पौष १४ गुल्मी:

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुईजनाको ज्यान जाने गरी भएको घटनाप्रति आपत्ति जनाएका छन्।

शनिवार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति प्रकट गरेका हुन्। उनले यो देश कोरिया जान फर्म भर्न पाऊँ भन्दा मर्नुपर्ने देश हो? भन्दै प्रश्न गरे। उनले अहिले समाजमा असामाजिक गतिविधि बढिरहेको बताए।

नेता भण्डारीले भने, ‘अहिले समाजमा के भइरहेको छ ? हिजोमात्रै कोरियाको फर्म भर्न पाऊँ भनेर आन्दोलन गर्दा बालकुमारीमा दुईजना युवाको मृत्यु भएको छ। कोरिया जान फर्म भर्न पाऊँ भन्दा मर्नुपर्ने देश हो? यति ठूलो जलस्रोत, प्रकृति, स्रोत र साधन छ।’

नेता भण्डारीले देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्ने बताए।

थाहा

Leave a Reply

Your email address will not be published. Required fields are marked *