पौष ११,गुल्मी/गोबिन्द भट्टराई:
जनज्योति माध्यमिक बिधालय छत्रकोट गाउँपालिका २ पल्लिकोट गुल्मीको ६१ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
मंगलबार एक कार्यक्रमका बिच बिधालको बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
बार्षिकोत्सव कार्यक्रममा खेलकुद प्रतियोगिता सङ्गै विविध कार्यक्रमको आयोजना समेत गरिएको थियो ।
बिधालय व्यवस्थापन समिति अध्यक्ष रुक बहादुर राकशकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पल्लिकोटका वडा अध्यक्ष नरेन्द्र बहादुर पल्लिको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा छत्रकोट गाउँपालिकाका शिक्षक महासंघ अध्यक्ष पदमपाणी न्यौपाने, बिधालयका सल्लाहकार संयोजक धन बहादुर सोमरे, कृष्ण बहादुर रजाली तथा यम बहादुर रानाको बिशिस्ट आतिथ्यता रहेको थियो ।
यस्तै विभिन्न संघसंस्थाका प्रमुख, वडा नं २ का जनप्रतिनिधि, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बिधालयका प्रधानाध्यापक जीवन रजालीले एक करोड तेह्र लाख चौध हजार ९८१ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।
प्रधानाध्यापक रजालीले आजसम्मका दिनमा आउनको लागि बिधालयले बेहोरेको दुख कष्टको बारेमा जानकारी समेत दिनुभएको थियो ।
कार्यक्रममा महासंघका अध्यक्ष न्यौपानेले अबको शिक्षा व्यवहार परिवर्तनको शिक्षा हुनुपर्नेमा जोड दिदैँ अभिभावकले आफ्ना छोराछोरीलाई बिधालयमा पढ्नको लागि मात्रै नभई सिक्नको लागि पठाउन आग्रह गर्नुभयो ।
वडा नं २ का वडा अध्यक्ष पल्लिले २०७९ सालको SEE मा गाउँपालिकाभरी जनज्योति दोस्रो स्थानमा आएकोमा शुभकामना सहित बिधालयलाई धन्यवाद दिदै आगामी बर्षको लागि चुनौती थपिएको समेत बताउनुभयो ।
कार्यक्रममा शेर बहादुर राकशकोटी, धन बहादुर सोमरे लगायतले शुभकामना मन्तव्य तथा बिधालयका शिक्षक रोशन न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
बार्षिकोत्सव कार्यक्रमको संचालन बिधालयका सहायक प्रधानाध्यापक प्रेमलाल कंडेलले गर्नुभएको थियो ।