छत्रकोट ३ हर्दिनेटामा तरुण दलको पुनर्गठन, अध्यक्षमा पुरानै नेतृत्व

जेठ १७, गुल्मी।

छत्रकोट गाउँपालिका वडा नं. ३ हर्दिनेटामा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको पुनर्गठन गरिएको छ।

तरुण दल हर्दिनेटाका अध्यक्ष खिम बहादुर खासुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल तरुण दल जिल्ला प्रतिनिधि टंक कंडेलको प्रमुख आतिथ्यता रहेको थियो।

यस्तै कार्यक्रममा नेपाली कांग्रेस छत्रकोटका सभापति धातानन्द भुसाल, कोषाध्यक्ष प्रेमलाल भण्डारी, छत्रकोट ३ का सभापति तोय नारायण पन्थ, तरुण दलका केन्द्रिय प्रतिनिधि बाबुराम पन्थ, पुर्व वडा सह-सभापति हुमनारायण पन्थ, भुपु सैनिक संघ छत्रकोटका सचीव राजेन्द्र पन्थ, तरुण दल सदस्य लक्ष्मण पन्थ लगायतको उपस्थिति रहेको थियो।

शनिबार सम्पन्न कार्यक्रमले खिम बहादुर खासुको अध्यक्षमा १४ सदस्यीय तरुण दलको गठन गरेको छ।

जसको उपाध्यक्षमा लक्ष्मण पन्थ र विष्णु प्रसाद पन्थ, सचिव बिक्रम अर्याल, सह-सचिव छविलाल अर्याल, कोषाध्यक्ष दिपा पन्थ सर्वसम्मत चयन भएका छन् ।

यस्तै सदस्यमा बाबुराम भुसाल, नवीन अर्याल, गोविन्द पौडेल, कृष्ण प्रसाद पन्थ, हरि नेपाली, मीन बहादुर गाहा, सुरज नेपाली, र कविता पाण्डे सर्वसम्मत चयन भएको नेपाली कांग्रेस छत्रकोटका सभापति धातानन्द भुसालले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *