रिडीको ऋषीकेश मन्दिरमा पूजारीले प्रयोग गर्ने भेटी अब समितिमा जम्मा हुने

जेष्ठ १८,गुल्मी

पाल्पा,गुल्मी र स्याङ्जाको सँगम स्थल रिडीमा रहेको ऋषीकेश मन्दिरमा दैनिक रुपमा पूजा गर्ने पूजारीलाई तलब दिइने भएको छ । रिडीमा रहेको ऋषिकेश मन्दिरमा पूजा गर्ने पूजारीलाई मन्दिरमा चढ्याएको भेटिको सट्टा मासिक रुपमा तलब दिइने भएको हो । ऋषिकेश मन्दिरमा सदियौ देखी पाल्पाको अर्गलिका भट्टराई पूजारीहरुले पूजा गर्दै आएका छन ।

यही जेठ १६ गते बसेको मन्दिर व्यवस्थापन समितिको बैठकले पूजारीलाई भेटिको सट्टा तलब दिने निर्णय गरेको हो । समितिका अध्यक्ष पर्शुराम भट्टराई, समितिका सदस्यहरु, स्थानिय लगायतको उपस्थितिमा बैठक बसेको थियो ।

जसानुसार अब ऋषिकेश मन्दिरको भेटी मन्दिर व्यवस्थापन समितिमा संकलन हुने भएको छ ।

यसभन्दा अगाडि दानपेटिमा जम्मा भएको रकमा समितिमा जम्मा हुने र मन्दिरभित्र जम्मा भएको रकम पूजारी आँफैले प्रयोग गर्दै आएका थिए ।

मन्दिरमा अर्गलिका पूजारिहरुले प्रत्येक वर्ष आलोपालो पूजा गर्दै आएको र अब पनि उनिहरुले नै पूजा गर्ने मन्दिर व्यवस्थापन समितिका सदस्य ताराप्रसाद सुबेदिले जानकारी दिनुभयो ।

तर मन्दिरको सम्पूर्ण भेटी समितिमा रहने र मुख्य पूजारिलाई मासिक २५ हजार तथा सहयोगिलाइ १५ हजार तलब दिइने उहांँले बताउनुभयो ।

यस्तै, मन्दिर व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार दैनिक जम्मा भएको भेटी पारदर्शिता कायम गर्नको लागि सेतोपाटी राखेर प्रत्येक दिनको भेटी सबैले देख्ने गरी मन्दिरको परिसरमै लेखेर राख्ने जान्नकारी दिनुभयो ।

लामो समयदेखी यो बिषय उठे पनि कार्यन्वयन भने जेठ १६ गतेदेखी सुरु भएको छ ।

ऋषीकेश मन्दिर पाल्पा जिल्लाको तानसेन नगरपालिका १४ अर्गलीमा पर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *