घाँस काट्ने क्रममा भिरबाट लडेर अर्घाखाँचीमा पुरुषको मृत्यु

सबित्रा पौडेल,१४ मंसिर

अर्घाखाँचीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक पुरुषको ज्यान गएको छ।
जिल्लाको छत्रदेव गाउँपालिकामा आज घाँस काट्ने क्रममा लडेर काफल डांडाका ४८ बर्षिय पदम बिकको ज्यान गएको हो।
आज दिउँसो आफ्नै खरबारिमा घाँस काट्ने क्रममा अचानक चिप्लिदाँ उनी गम्भिर घाईते भएका थिए। उनको अनुहार र टाउकोमा चोट लागेको र उपचारको लागी जिल्ला अस्पताल गुल्मी तम्घासमा ज्यान गएको हो।
उनी खरबारिबाट करिब ७० मिटर तल खसेका थिए।

मृतक बिकको शवलाई जिल्ला अस्पताल गुल्मीमै राखिएको गुल्मीका प्रहरी निरिक्षक इश्वरी अधिकारिले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *