साबित्रा पौडेल, मंसिर १४ गुल्मी।
गुल्मी लगायत देशभर चिसो बढेको छ। बिस्तारै जाडो सुरु भएकाले रुघाखोकी लगायत मौसम सम्बन्धी रोगहरु लाग्न सक्ने सम्भावना हुदाँ सचेत रहन स्वास्थबिदहरुले आग्रह गरेका छन।
साथै,पहाडी क्षेत्र मा आंशिक बदली तथा उच्च पहाडी भू–भागमा हिमपात सुरु भएकाले चिसो बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अहिले धेरैजसो पहाडी क्षेत्रको मौसम धुम्मिएको छ ।
भारतको राजस्थान आसपासमा बनेको न्यून चापीय प्रणालीसँगै पश्चिमी वायुको प्रभाव नेपालमा परेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
यस्तै, आज कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मौसम बदली रहने छ। आज उच्च पहाडी र हिमाली जिल्लामा पनि हिमपात सम्भावना रहेको छ।