गुल्मीको रिडीमा बृहत रक्तदान कार्यक्रम हुँदै

साबित्रा पौडेल , माघ ११ गुल्मी ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका १ रिडीमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ ।

विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ ।


निश्चित अवधिपछि मानव शरिरमा रहेको रक्त कोषहरु आफै मरेर जाने त्यस्तो रगत दान गर्दा कसैको जिबन बचाउन सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न तथा रक्त अभावलाई केहि हदसम्म समाधान गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको पोलिक्लिनिकका संचालक बिकास पन्थीले बताउनुभयो ।

रुरु फ्रेण्ड्स क्लब रिडीको आयोजना तथा रुरु जनसेवा पोलिक्लिनिक रीडीको सहआयोजना र नेपाल नियमित रक्तदान संघ जिल्ला शाखा रुपन्देहीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम हुन लागेको हो ।

रक्तदान कार्यक्रम यहीँ माघ २२ गते सोमबार रुरु जनसेवा पोलिक्लिनिक रिडीमा संचालन हुने रुरु फ्रेण्ड्स क्लबका सचिव प्रेम प्रसाद भन्डारीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *