बागलुङमा पहिरोमा पुरिएका दम्पतीको शव भेटियो, दुईजनाको उद्धार

  असार १५, गुल्मी । बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा पहिरोले घर पुर्दा एक दम्पतीको मृत्यु भएको छ। 

गएराति पहिरोले घर पुर्दा बेपत्ता भएका ५५ वर्षीय प्रेम विक र श्रीमती ५० वर्षीया वसन्तीको शव शनिबार बिहान प्रहरीले निकालेको हो

नगरप्रमुख भरत शर्माका अनुसार पहिरोमा पुरिएका दुईजनाको उद्धार गरिएको छ । उनीहरुको अवस्था सामान्य रहेको नगरप्रमुख शर्मालेजानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *